एमाले अध्यक्षको गृहजिल्ला पुगेर रविले भने : संसदलाई बन्धक नबनाइयोस्

एमाले अध्यक्षको गृहजिल्ला पुगेर रविले भने : संसदलाई बन्धक नबनाइयोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध भएको बताएका छन् । उनले झापाको बिर्तामोडमा आयोजित पार्टी कार्यक्रममा बोल्दै राजनीतिक खिचातानीमा संसद् अवरुद्ध नगर्न प्रमुख दलहरुलाई चेतावनी शैलीमा सुझाव दिएका छन् । 

उनले भने, ‘राजनीतिक खिचातानीका कारण लामो समयसम्म संसद्लाई बन्धक बनाउन हुँदैन । मुलुक र जनताका धेरै कुरा उठाउनु छ ।’ लामिछानेले अवरुद्ध संसद बैठक खुलाउन नाम उल्लेख नगरी ठूला तीन दल एमाले, काँग्रेस र माओवादी केन्द्रलाई आग्रह गरेका छन् ।

उनी र उनका दलका केही नेताले आज र भोलि झापाका विभिन्न आठ स्थानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

टिप्पणीहरू