वनविनाशबाट देशलाई जोगाऊँ

वनविनाशबाट देशलाई जोगाऊँ
सुन्नुहोस्

यही ३१ गतेको जनआस्थाको खबरअनुसार नेपालभरिका सालघारीमा मोटा धमिराले ठूलै गोलो लाउने तयारी गरेको देखियो । समय छँदै यसलाई रोक्न नसके निजी आवादीको रुख काट्ने बहानामा वन क्षेत्रका जंगलसमेत सिध्याउने खतरा बढेको छ ।

तराई क्षेत्रमा भन्दा ज्यादा पहाडी क्षेत्रमा निजी आवादीमा ....आफ्नै गाईवस्तुलाई सेउला सोत्तरसमेत नदिएर जोगाएका सालघारी ...वन समिति उपभोक्ताले कठिन परिस्थितिमा संघर्ष गरेर जोगाएको सरकारी वनसमेत बल्लबल्ल हुर्केको बेला निजी वनको रुख काट्ने बहानामा पञ्चायतमा चुनाव जिताउने बहानामा सूर्यबहादुरले तराईको जंगल मासेजस्तै गरी बल्ल–बल्ल हुर्काएका रूख मास्ने योजनाबद्ध माफिया संगठित भैरहेका बेला देशभरिका उपभोक्ता समिति र वनप्रेमी सबै नेपाली एक भएर यी वनमाफियाको योजनालाई रोक्नै पर्छ । नत्र (मदनकृष्ण, हरिवंशको वनपाले गाईजात्रा) दोहोरिनेछ । 

रामहरि बाजे
बिदुर–४, नुवाकोट
९८४९८५३१११
 

टिप्पणीहरू