काठमाण्डौमा सोमालियाका शरणार्थीहरुको बथान

काठमाण्डौमा सोमालियाका शरणार्थीहरुको बथान

काठमाडौंस्थित  सोमालियाका शरणार्थीहरुले आज पनि धर्ना थालेका छन् । उनीहरु संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय महाराजगञ्जमा बिहान ९ बजेदेखि धर्नामा बसेका छन् ।
 
सोमालियाको आन्तरिक युद्धको कारण आफूहरु विस्थापित हुनुपरेको उनीहरुको भनाई छ । मुलुकको आन्तरिक अवस्था खराब रहेकाले तत्काल सोमालिया फर्कन समस्या रहेको उनीहरु बताउँछन् । 

कार्यालयले युरोपलगायत अन्य मुलुकका शरणार्थीहरुलाई पनि गाँस,बास र कपासको व्यवस्था गर्नुपर्ने सोमालियाका नागरिकको माग छ । उक्त माग पूरा गराउन शान्तिपूर्ण धर्नामा बसेको र आफूहरुलाई सहयोग नगरिएकोले पुनर्स्थापनाको माग अघि सार्न परेको उनीहरुको जिकिर छ । शरणार्थी हुनु कुनै अपराध नभएको र १० वर्षदेखि उच्चायुक्त कार्यालयको सहयोगको प्रतिक्षामा रहेको प्रदर्शनकारीहरुले ब्यानरमा लेखेका छन् ।

टिप्पणीहरू