एन्टिबायोटिक औषधिको खोल बाहिर रातो धर्का अनिवार्य

एन्टिबायोटिक औषधिको खोल बाहिर रातो धर्का अनिवार्य
सुन्नुहोस्

औषधि व्यवस्था विभागले प्रतिजैविक औषधि (एन्टिबायोटिक) को लेबलमा अनिवार्य रातो धर्का राख्न औषधि उत्पादक तथा आयातकर्ताहरुलाई निर्देशन दिएको छ । 

विभागले प्रतिजैविक वर्गका औषधि प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा छ महिनापछि उत्पादन हुने औषधिमा अनिवार्य रुपमा रातो धर्का राख्न सुझाएको हो । 

विश्व स्वास्थ्य संगठनले ‘ग्लोबल एक्सन प्लान’ नेपालमा पनि तयार गर्नुका साथै लागू गर्ने चरणमा रहेकाले सोसम्बन्धी चेतनामुलक सन्देश प्रवाह गर्न र त्यसको परिपालना गराउन औषधि सल्लाकार समितिको ५५ औं बैठकबाट विभागलाई सिफारिस आएकाले यस्तो निर्देशन दिइएको जनाइएको छ ।

विभागले प्रतिजैविक औषधिहरुको अधिक, न्यून तथा अनावश्यक प्रयोग गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रतिजैविक औषधिहरुको प्राइमरी र सेकेन्डरी प्याकिङ्गको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको पनि स्मरण गराएको छ ।

टिप्पणीहरू