पर्सि काठमाडौंमा सार्वजनिक बिदा

पर्सि काठमाडौंमा सार्वजनिक बिदा
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले पर्सि सार्वजनिक बिदा दिने भएको छ । सापारु (गाईजात्रा) र रोपाईं जात्राको अवसरमा पर्सि शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिइएको बताएको छ । 

आज प्रकाशित सूचनामा ‘सापारु र रोपाईं जात्रासमेत मनाउने प्रचलनअनुसार उक्त परम्परालाई निरन्तर दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भदौ १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको,’ उल्लेख छ ।

टिप्पणीहरू