पाँचखालमा एआईसम्बन्धी भेला

पाँचखालमा एआईसम्बन्धी भेला
सुन्नुहोस्

काठमाडौं विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स क्लबले एआईमा रुचि राख्नेहरुबीच भेटघाट कार्यक्रमको आयोजना गरेको छ । भोलि र पर्सि काठमाडौं विश्वविद्यालयअन्तर्गत पाँचखाल क्याम्पसमा कार्यक्रम गर्न लागिएको जानकारी दिइएको छ ।

दुई दिने भेटघाट कार्यक्रममा प्यानल छलफल, विशेषज्ञ वार्ता, खेल, मनोरञ्जन र एआईएसी प्रोजेक्टलगायतका विषय समावेश गरिएको छ । कार्यक्रमले एआई परियोजनासम्बन्धी ज्ञान आदानप्रदानमा सहयोग पुर्याउने अपेक्षा राखिएको छ । एआईमा रुची राख्ने विद्यार्थी, व्यावसायिक, बुद्धिजीवीलगायत सबैले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । 

नेपालको अग्रणी एआई कम्पनी फ्यूज मेसिन मुख्य प्रायोजक रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक र एप पाटर्नर हाम्रो पात्रोले पनि कार्यक्रमको प्रायोजन गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र पाँचखाल नगरपालिकाले कार्यक्रमलाई सहयोग गरेको छ । कार्यक्रममा अन्य थुप्रै कम्पनीले साझेदारी गरेका छन् ।

 

प्रिक्सा टेक्नोलोजिज्, वल्र्डलिंक, प्रिन्स कन्स्ट्रक्सन, जानकी कृषि संसार र सोनई सीड सेन्टरले प्रतियोगितामा रजत पदकको प्रायोजन गरेका छन् । ग्रेट फिट, डिस होम र एनआईएमबी बैंकले काँस्य पदक प्रायोजकको रुपमा छन् । एभिन्यूज टेलिभिजनले मिडिया पार्टनरको रुपमा सहयोग गर्ने जनाइएको छ ।

टिप्पणीहरू