सुवास नेम्वाङको निधनको शोकमा भोलि कान्ति अस्पतालको ओपीडी सेवा बन्द

सुवास नेम्वाङको निधनको शोकमा भोलि कान्ति अस्पतालको ओपीडी सेवा बन्द
सुन्नुहोस्

कान्ति बाल अस्पतालको ओपीडी सेवा भोलि बन्द हुने भएको छ । संविधानसभा अध्यक्ष एंव प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधनको शोकमा अस्पतालले भोलि बिहीबार ओपीडी सेवा बन्द गर्ने जानकारी गराएको हो । 

ओपीडी सेवा बन्द रहेपनि ईमर्जेन्सी सेवा भने खुला रहने अस्पतालले जनाएको छ । 

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘संविधानसभा अध्यक्ष एंव प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८०-०५-२६ गते असामयिक निधन भएकोले नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट भद्रौ २८ गते सार्वजनिक बिदा दिने निर्णय भएकोले उक्त दिन यस अस्पतालबाट प्रवाह हुने ओपीडी सेवा बन्द रहने तर ईमर्जेन्सी सेवा चौबिसै घण्टा खुला रहने जानकारी गराइन्छ ।’

टिप्पणीहरू