बिरामीको पेटमा लकेट, चेन, नट, बोल्ट भेटिएपछि डाक्टर नै चकित

बिरामीको पेटमा लकेट, चेन, नट, बोल्ट भेटिएपछि डाक्टर नै चकित

नट बोल्ट, सेफ्टी पिन, लकेट, इयरफोन, स्क्रू जस्ता कुरा खान मिल्छ ? तपाइको सहज जवाफ हुन्छ, 'मिल्दैन !' तर, भारतको पञ्जाबमा एउटा यस्तो घटना बाहिर आयो, जुन कसैले पनि विश्वासै गर्न सक्दैन । पञ्जाबस्थित मोगाका ३५ वर्षीय कुलदीप सिंहको पेटबाट सेफ्टी पिन, म्याग्नेट, शर्टको बटन र जिपलगायतका बस्तुहरु निकालिएपछि दुनियाँ चकित पर्ने यो घटना सार्वजनिक भएको हो । 

कुलदिप दुई वर्षदेखि पेट दुख्ने र ज्वरोबाट पीडित थिए । धेरै ठाउँमा उपचार गराए पनि निको नभएपछि २६ सेप्टेम्बरका दिन उनी जचाउँन अस्पताल गए । जब एक्सरे रिपोर्टमा उनको पेटभित्र विभिन्न किसिमका अखाद्य वस्तु भेटियो । अस्पतालका निर्देशक अजमेर सिंह कालराले एक्सरे गरेपछि पेटभित्र लकेट, चेन, नट, बोल्ट, इयरफोनलगायत अन्य धेरै वस्तु भेटिएको बताए । ‘त्यसपछि हामीले उनको शल्यक्रिया गर्ने निर्णय गर्‍यौं,’ उनले भने । 

करिब तीन घण्टासम्म चलेको उक्त शल्यक्रिया शल्य चिकित्सक अनुप हाण्डा र ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा. विश्वनुर कालराले गरेका थिए । कुलदीपलाई 'पिका डिसअर्डर' रहेको डा. कालराले बताए । धारिलो वस्तु खाएकोले उनको पेटमा गहिरो चोट लागेको थियो । शल्यक्रिया सफल भए पनि उनी भेन्टिलेटरमा छन् र अवस्था चिन्ताजनक छ । 

‘उनको लक्षणका आधारमा हामीले उनको एक्सरे गर्‍यौं । एक्स–रे र एन्डोस्कोपी गरेपछि पेटमा सिक्का भेटियो त्यसपछि हामीले उनको अपरेशन गर्ने निर्णय गर्‍यौं । पेट एकदमै फुलेको थियो । पेटका विभिन्न ठाउँमा धेरै सिक्का अड्किएका थिए । दुई घण्टाको शल्यक्रियापछि हामीले सबै सिक्का निकाल्यौं। अहिले बिरामीको अवस्था स्थिर छ’ डाक्टरले भने ।

 बिरामीका आफन्तले भने गैरखाद्य पदार्थ सेवन गरेको थाहा नभएको जनाएका छन्।
 

टिप्पणीहरू