असिष्टेन्ट सबइन्जिनियरको दैनिकी : एक हातमा प्रमाणपत्र अर्को हातमा घूस
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सबइन्जिनियर विजयालक्ष्मी पन्त घूससहित पक्राउ परेकी छन् ।
भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज नियन्त्रणमा लिएको जनाएको छ ।
आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सतुङ्गलबाट नियन्त्रणमा लिएको हो ।
टिप्पणीहरू