इजरायलमाथि आफू समर्थक समूहले आक्रमण गर्ने इरानको चेतावनी

इजरायलमाथि आफू समर्थक समूहले आक्रमण गर्ने इरानको चेतावनी

इरानका विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहियनले इजरायलविरुद्ध अर्को एउटा समूहले पनि आक्रमण गर्ने जनाएका छन् । अघिल्लो साता प्यालेष्टिनी विद्रोही समूह हमासले गरेको आक्रमण र इजरायलको प्रत्याक्रमणपछि पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको आशंका छ । 

निकै संवेदनशील हुँदै गएको त्यहाँको अवस्थामा इरानी विदेशमन्त्रीको पछिल्लो भनाईले आगोमा घिऊ थप्ने काम गरेको छ । उनले आगामी केही घण्टाभित्रै इरान समर्थक समूहले इजरायलविरुद्ध हमला गर्ने बताएपछि इजरायललगायत मध्यपूर्वमा सनसनी फैलिएको बताइन्छ ।

गाजा क्षेत्रमा इजरायलले युद्ध अपराध गरेको भन्दै त्यसलाई इरानले नजरअन्दाज गर्न नसक्ने उल्लेख गर्दै इरानको सरकारी टेलिभिजनले उल्लेख गरेको छ, ‘इजरायल प्रतिरोधी मोर्चासँग लामो युद्ध कौशल छ ।’

टिप्पणीहरू