अमेरिकी राष्ट्रपति तेलअभिभ पुग्नुअघि गाजाको अस्पतालमा विस्फोट, ५ सय प्यालेष्टिनीको मृत्यु

अमेरिकी राष्ट्रपति तेलअभिभ पुग्नुअघि गाजाको अस्पतालमा विस्फोट, ५ सय प्यालेष्टिनीको मृत्यु
सुन्नुहोस्

इजरायलले गएराति गाजा क्षेत्रको एउटा अस्पतालमा विस्फोट गराउँदा पाँच सय बढी प्यालेस्टिनीको मृत्यु भएको छ । यसबाट इजरायल र प्यालेस्टिी विद्रोही समूह हमासबीच ११ दिनदेखि जारी युद्धले भयावह र अमानवीय रुप लिन थालेकोमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ ।

अस्पतालमा भएको विस्फोटमा हमास र इजरायल दुवैले एक–अर्कामाथि दोष लगाएका छन् । हमासले इजरायलले गरेको हवाई आक्रमण र इजरायलले उनीहरुको रकेट प्रहारबाट अस्पताल ध्वस्त भएको परस्पर विरोधी आरोप लगाएका छन् ।

उक्त घटनामा पाँच सय बढीको मृत्यु भएको केही सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले ‘अल–अहली’ अस्पतालमा भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडन इजरायल गएका छन् । उनी राजधानी तेलअभिभ पुगेकाे जानकारी दिइएको छ । राष्ट्रपति बाइडनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बास र अन्य अरब मुलुकका नेताहरुसँग जोर्डनमा गर्ने भनिएको शिखर वार्ता अस्पतालमा भएको आक्रमणपछि रोकिएको छ ।

टिप्पणीहरू