चीनको सिल्क रोड फण्डमा अर्बौं डलर थप्ने तयारी

चीनको सिल्क रोड फण्डमा अर्बौं डलर थप्ने तयारी

चीनले सिल्क रोड फण्डमा थप १० अर्ब ९० करोड डलर जम्मा गर्ने भएको छ । राजधानी बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति सि चिनफिङले आजै उक्त जानकारी दिनुभएको हो ।

बेल्ड एण्ड रोड इनिसिएटिभ परियोजनालाई सहयोग पुर्याउन उक्त कोषमा ८० अर्ब चिनियाँ युआन थप्न लागिएको सिको भनाई उद्धृत गर्दै समाचारमा जनाइएको छ, ‘चीनका डेभलपमेन्ट बैंक र एक्सपोर्ट तथा इम्पोर्ट बैंकले क्रमशः ४७ अर्ब ८० करोड र १० अर्ब ९० करोड डलर सिल्क रोड फण्डमा जम्मा गर्नेछन् । यसबाट सिल्क रोड र बेल्ट एण्ड रोड दुबैका परियोजनामा लगानीको निम्ति पर्याप्त रकमको जोहो हुनेछ ।’

बेइजिङमा आयोजित फोरममा रुसी राष्ट्रपतिसँगै विश्वको दर्जनौं मुलुकका राष्ट्राध्यक्ष,दर्जनौं मुलुकका सरकार प्रमुख सहभागी छन् ।

टिप्पणीहरू