अमेरिकी राष्ट्रपति इजरायली भूमिमा

अमेरिकी राष्ट्रपति इजरायली भूमिमा
सुन्नुहोस्

अमेरिकी राष्ट्रपति इजरायलको राजधानी तेलअभिभ पुगेका छन् । गाजाको एउटा अस्पतालमा विस्फोट भएको केही घण्टापछि उनी त्यहाँ पुगेका हुन् ।

गएराति भएको उक्त आक्रमणमा कम्तीमा पाँच सय प्यालेष्टिनीको मृत्यु भएको आशंका छ । विस्फोटमा हमास र इजरायल दुवैले एक–अर्कामाथि दोष लगाएका छन् । हमासले इजरायलले गरेको हवाई आक्रमण र इजरायलले उनीहरुको रकेट प्रहारबाट अस्पताल ध्वस्त भएको परस्पर विरोधी आरोप लगाएका छन् ।

राष्ट्रपति बाइडनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने निश्चित छ । तर प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बास र अन्य अरब मुलुकका नेताहरुसँग जोर्डनमा गर्ने भनिएको शिखर वार्ता अस्पतालमा भएको आक्रमणपछि रोकिएको छ ।

उक्त शिखर वार्तामा इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसी र जोर्डनका नरेश अब्दुल्लाह द्वितीय पनि सहभागी हुने भनिएको थियो ।

टिप्पणीहरू