अमेरिकी राष्ट्रपतिपछि बेलायती प्रधानमन्त्री तेल अभिभमा, इजरायल–प्यालेष्टाइनद्वन्द्व थप चर्कने आशंका

अमेरिकी राष्ट्रपतिपछि बेलायती प्रधानमन्त्री तेल अभिभमा, इजरायल–प्यालेष्टाइनद्वन्द्व थप चर्कने आशंका

बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल पुगेका छन् । उनी प्यालेष्टाइनी विद्राही समूहले इजरायलमा आक्रमण गरेपछि इजरायलप्रति समर्थन जनाउँदै राजधानी तेल अभिभ पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति त्यहाँबाट फर्केको भोलिपल्टै सुनक इजरायल पुगेर हमासविरुद्धको युद्धमा इजरायललाई बेलायतको समर्थन रहेको जनाएका छन् ।

तर, विश्वका अधिकांश मुलुकमा प्यालेष्टाइन र प्यालेष्टिनी जनताको समर्थनमा जुुलुस निकालिएको छ । मध्यपूर्वका राष्ट्रहरु, इस्लामिक समुदाय र पश्चिमा विरोधी मुलुकले अप्रत्यक्ष रुपमा इजरायलको पछिल्लो प्रत्याक्रमणको विरोध गरेपछि सो क्षेत्रको तनाव थप बढ्ने आशंका गरिएको हो ।

टिप्पणीहरू