चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार हृदयाघातका कारण हिजो सांघाईमा निधन भएको हो । 

एक वर्षअघि प्रधानमन्त्रीको पाँच वर्षे कार्यकालबाट बाहिरिनुअघि लि चिनियाँ कम्युनिष्ट पार्टीमा राष्ट्रपति तथा महासचिव सि जिनपिङ पछिको दोस्रो शक्तिशाली व्यक्ति थिए ।

पेकिङ विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेका उनी सफल अर्थशास्त्री समेत थिए । उनले आफ्नो कार्यकालमा चीनमा धनी र गरिबबीचको असमानता कम गर्ने खालको नीति र योजना निर्माणमा जोड दिएका थिए ।

टिप्पणीहरू