भारतीय पूर्वसैनिक अधिकारीहरुविरुद्ध विदेशमा मृत्युदण्डको आदेश

भारतीय पूर्वसैनिक अधिकारीहरुविरुद्ध विदेशमा मृत्युदण्डको आदेश
सुन्नुहोस्

कतारको एउटा अदालतले भारतका आठ जना पूर्वनौसैनिक अधिकारीलाई मृत्युदण्डको आदेश दिएको छ । राजधानी दोहामा पक्राउ परेका उनीहरुलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

अघिल्लो वर्षको अगष्टमा पक्राउ परेका उनीहरूमाथि कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रम सम्बन्धी गोप्य जानकारी सार्वजनिक गरेको आरोप लागेको बताइएको छ । तर, भारत र कतारका सरकारी अधिकारीहरुले उक्त आरोपबारे केही बताएका छैनन् ।

यता भारतको विदेश मन्त्रालयले कतारको उक्त फैसलालाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुद्दा र कारबाहीको गोप्य प्रकृतिका कारण अहिले नै थप टिप्पणी गर्नु उपयुक्त हुँदैन ।’

टिप्पणीहरू