डेढ दर्जन पत्रकार हताहत, विश्व प्रेस काउन्सिल मर्माहत

डेढ दर्जन पत्रकार हताहत, विश्व प्रेस काउन्सिल मर्माहत
सुन्नुहोस्

हमास र इजरायलबीच जारी युद्धमा डेढ दर्जनबढी सञ्चारकर्मीको ज्यान गएको छ । हिजोसम्म मारिएका नौ हजारभन्दा बढीमा १८ जना पत्रकार भएको बताइएको छ ।

युद्ध भएका स्थानमध्ये सबैभन्दा धेरै जोखिम गाजा क्षेत्रमा देखिएको छ । समाचार तथा फोटो संकलनमा संलग्न पत्रकारहरुको ज्यान गएको घटनाप्रति विश्व प्रेस काउन्सिलले निकै चासो राखेको छ । 

युद्धको क्रममा स्थानीय पत्रकार, उनका परिवारका सदस्य मारिनुका साथै धेरैजसोको घर ध्वस्त भएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष प्रोफेसर डा. सुले अकरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘युद्ध विराम गरेर तत्काल शान्ति कायम गरियोस् । पत्रकारहरु मारिएको, हराएको र घाइते भएको उक्त घटनाको निष्पक्ष छानबिन होस् ।’

यता, कमिटी टु प्रोेटेक्ट जर्नालिष्टले हिजोसम्म २९ जना पत्रकार मारिएको दाबी गरेको छ । जसमा २४ प्यालेष्टिनी, चार इजरायली र एक जना लेबनानका पत्रकार छन् । आठ जना गम्भीर घाइते र नौ जना हराइरहेका छन् ।

फाेटाे : एएफपी

टिप्पणीहरू