इजरायलविरुद्ध गर्यो यमनको विद्रोही समूहले युद्ध घोषणा

इजरायलविरुद्ध गर्यो यमनको विद्रोही समूहले युद्ध घोषणा

प्यालेष्टाइनको विद्रोही समूह हमासले गरेको इजरायलविरुद्धको युद्धमा यमनको विद्रोही समूह पनि सामेल भएको छ । यमनको हुथी समूहले औपचारिक रुपमा इजरायलविरुद्ध युद्ध घोषणा गरेको जानकारी दिएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि भड््केको हिंसामा झण्डै १० हजार जनाले ज्यान गुमाइसकेका छन् । हजारौं घाइते छन् भने सयौं बेपत्ता भएको बताइएको छ । 

इजरायलले हुथी र हमास दुवै विद्रोही समूहलाई इरानको आर्थिक सहयोग र समर्थन रहेको बताउँदै आएको छ ।

टिप्पणीहरू