भारत र बंगलादेशबीच ऊर्जा र कनेक्टिभिटीमा नयाँ सहयोग

भारत र बंगलादेशबीच ऊर्जा र कनेक्टिभिटीमा नयाँ सहयोग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी समकक्षी शेख हसिनाले भारतीय सहयोगमा निर्मित तीन वटा महत्वपूर्ण परियोजनाको संयुक्त उद्घाटन गरेका छन् । 

बंगलादेशको अखौरा–अगरतला क्रस बोर्डर रेल लिंक, खुलना–मंगला पोर्ट रेल लाइन र रामपालमा निर्मित मैत्री सुपर थर्मल पावर प्लान्टको युनिट–२ आज उद्घाटन गरिएको हो । दुवै मुलुकका प्रधानमन्त्रीहरुले भिडियो कन्फरेन्सिङमार्फत् ती परियोजनाको संयुक्त उद्घाटन गरेका हुन् । 

ले हाम्रा दुई मित्र राष्ट्रबीचको दृढ मित्रता र सहयोगलाई प्रकट गर्दछ । जी२० शिखर सम्मेलनमा भाग लिन सन् २०२३ सेप्टेम्बरमा मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीको न्यानो आतिथ्यताका लागि म धन्यवाद दिन चाहन्छु”, बङ्गलादेशका प्रधानमन्त्री हसिनाले भन्नुभयो, “म हाम्रो दुवै मुलुकबीचको मित्रताको बन्धनलाई सुदृढ बनाउने तपाईंको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दछु ।”

अखौरा–अगरतला क्रस बोर्डर रेल लिंक परियोजना भारत सरकारले तीन अर्ब ९२ करोड ५२ लाख भारतीय रुपैयाँको अनुदान सहयोग र खुलना–मंङ्गला पोर्ट रेल लाइन परियोजना ३८ करोड ८९ लाख २० हजार अमेरिकी डलरको भारतीय सहुलियतपूर्ण ऋणमा बनाइएको हो । 

त्यसैगरी, मैत्री सुपर थर्मल पावर परियोजना एक अर्ब ६० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋणमा बनाइएको हो । उक्त प्लान्टको क्षमता एक हजार तीन सय २० मेगावाट छ ।

टिप्पणीहरू