हेलिकोप्टर दुर्घटनामा अमेरिकी पाँच सैनिकको निधन

हेलिकोप्टर दुर्घटनामा अमेरिकी पाँच सैनिकको निधन
सुन्नुहोस्

भूमध्यसागरमा भएको हेलिकोप्टर दुर्घटनामा पाँच अमेरिकी सैनिकको ज्यान गएको छ । प्रशिक्षणको क्रममा रहेको उक्त हेलिकोप्टर इन्धन भर्ने क्रममा खसेको बताइएको छ ।

अमेरिकाले इजरायल र हमासबीच युद्ध सुरु भएयता भूमध्यसागरमा नौसेना परिचालित गरेको छ । सोही क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको जनाइएको छ । 

दुर्घटनाबारे अमेरिकी सेनाको कमान्डको खोजी, उद्धार र अनुसन्धान जारी छ ।

टिप्पणीहरू