इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

नेपालसमेत हेर्ने बंगलादेशको राजधानी ढाकास्थित इन्डोेनेसियाली दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत् ई–भिसा प्रोसेस गर्दा चुनौती देखिएको जनाउँदै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ । 

दूतावासका अनुसार भिषा सम्बन्धी सम्पूर्ण कार्य इन्डोनेसियाको काठमाडौँस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत् गर्न सुझाव दिएको छ । ई–भिसा आवेदन प्रक्रियामा भएका त्रुटीको मूल्याङ्कन गर्दै दूतावासले अबदेखि नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाको आवेदन नगर्न समेत आग्रह गरेको छ ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा अन एराइभलका लागि पहल भएको जनाउँदै नेपाली नागरिकको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू गरेको जानकारी दिएका छन् ।

टिप्पणीहरू