सिटिजन्स बैंकको सहायक कम्पनी सञ्चालनमा
सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्युरिटिज सञ्चालनमा आएको छ । बैंकको सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले उद्घाटन गरेर कम्पनीको टिएमएस सेवा सञ्चालनमा ल्याएका हुन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ३२ गते र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट गत असोज २९ गते धितोपत्र दलाल नं.९१ सदस्यता प्राप्त गरेको थियो । अध्यक्ष पाण्डेले धितोपत्र बजारमा सिबिआईएल सेक्युरिटिजले आफ्नो छुट्टै पहिचान बनाउने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनमा पनि विभिन्न किसिमका सेवासुविधा ग्राहकमाझ ल्याउने गरी अन्य संस्थाको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो संस्था बैंकको ललितपुर कुपण्डोलस्थित आफ्नै भवनबाट सञ्चालनमा ल्याइएको हो । धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने विश्वास लिइएको कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटोछरितो सेवा प्रदान हुने जनाइएको छ ।
कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता, डिम्याट खाता तथा केन्द्रीकृत खाता खोल्नेलगायत सेवा समेत प्रदान गर्नेछ । सिटिजन्स बैंकको कुपण्डोल शाखा भवनमा रहेकाले ग्राहकले बैंक खाता खोल्न तथा शेयर धितो कर्जा समेत एकै भवनवाट प्राप्त गर्न सक्नेछन् ।
टिप्पणीहरू