चारथरी औषधि उत्पादनमा रोक

चारथरी औषधि उत्पादनमा रोक
सुन्नुहोस्

औषधि व्यवस्था विभागले चार किसिमका औषधि उत्पादनमा रोक लगाएको छ । विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एण्ड मेट्फर्मिन र रिभरोक्सवान नामक औषधि अर्को आदेश नभएसम्म उत्पादन नगर्न भनेको हो ।

औषधि मूल्याङ्कन समितिबाट प्राप्त प्राविधिक रायबमोजिम ती औषधिको सिफारिस प्राप्त नहुँदासम्मको निम्ति नयाँ उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ । 

ती औषधिको थप उत्पादन नगर्न दिइएको निर्देशनमा भनिएको छ, ‘औषधी मूल्यांकन समितिबाट प्राप्त प्राविधिक रायबमोजिम विभागको गत मंसिर ११ गतेको निर्णयानुसार औषधी सल्लाहबार समितिबाट सिफारिस प्राप्त नहुँदासम्मको लागि सो औषधीको उत्पादन नगर्न र बजारमा बिक्रीवितरण भइरहेको ब्राण्ड समेत थप उत्पादन नगर्न नगराउन जानकारी गराइन्छ ।’

टिप्पणीहरू