महाराजगञ्जको फार्मेसीमा महानगरको ताला

महाराजगञ्जको फार्मेसीमा महानगरको ताला

काठमाडौं महानगरपालिकाले महाराजगञ्जको एउटा फार्मेसी पसल बन्द गरेको छ । 

दर्ता नगरि संचालन गरेको भन्दै महानगरको अनुगमन टोलीले आज माइबेनी मेडिकल हलमा ताला लगाएको हो । दिँउसो अनुगमनको क्रममा औषधी पसल दर्ता नभएको र फार्मेसिस्ट प्रमाणपत्रबिना औषधी बिक्री गरेको पाइएको महानगरको स्वास्थ्य विभागले जनाएको छ । 

त्यस्तै, नक्सालमा रहेको कुसु फार्मेसीलाई एक साताभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्न निर्देशन दिइएको विभागले जानकारी दिएको छ ।

एलोपेथिक लाइसेन्स प्राप्त गरी आयुर्वेदिक औषधी बिक्री वितरण गर्दै आएको फार्मेसीलाई आयुर्वेदिक औषधी बिक्रीको लागि स्वीकृति लिन अल्टिमेटम दिँदै विभागले अटेरी गरेमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

टिप्पणीहरू