सिटिजन्स बैंकले सिद्धि खोलामा एक्लै लगानी गर्ने

सिटिजन्स बैंकले सिद्धि खोलामा एक्लै लगानी गर्ने

सिटिजन्स बैंकले सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको जलविद्युत आयोजनामा एकल ऋण लगानी गर्ने भएको छ । 

दश मेगावट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा बैंकले सबै ऋण लगानी गर्ने गरी प्रवर्द्धक कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कन्र्सोटियम-इन्फ्रास्ट्रक्चर बैंकिङ्ग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोष राज नेपालीले हस्ताक्षर गरेका छन् । 

परियोजनको अनुमानित लागत करिब एक अर्ब ७३ करोड (निर्माण अवधिको ब्याज बाहेक) मा बैंकले ७५ दशमलब २५ प्रतिशतको ऋण अर्थात् स्वपुँजी अनुपातमा एक अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ । 

निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवर्द्धकबाट स्वपुँजी जुटाइने जनाइएको छ । आयोजनाले आगामी साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घण्टा र वर्षामा ४६.९११ गिगावाट घण्टा गरी वार्षिक ५५.७१६ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

टिप्पणीहरू