लण्डनमा ओपनहाइमरको वर्चस्व, लेखक नेपालको हिमालतिर

लण्डनमा ओपनहाइमरको वर्चस्व, लेखक नेपालको हिमालतिर
सुन्नुहोस्

बहुप्रतिक्षित हलिउड चलचित्र 'ओपनहाइमर'ले बाफ्टा अवार्ड २०२४ मा एकलौटी बर्चस्व कायम गरेको छ । गएराती लण्डनमा आयोजित अर्वाड समारोहमा सो चलचित्रले सबैभन्दा धेरै विधामा उपाधि जितेको हो । 

ओपनहाइमरले सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट अभिनेता, सर्वोत्कृष्ट सहायक अभिनेता, उत्कृष्ट ओरिजिनल स्कोर, सर्वोत्कृष्ट छायांकन र उत्कृष्ट सम्पादन विधाको अवार्ड हात पार्यो । चलचित्र रिलिज भएको एक वर्ष भइसक्दा पनि ओपनहाइमरको क्रेज भने दिनानुदिन बढ्दै गएको पाइन्छ । 

चलचित्रले यो वर्षको 'ओस्कार अर्वाड' पनि आफ्नो पोल्टामा पार्ने अनुमान गरिएको छ । केही अन्तराष्ट्रिय चलचित्र समिक्षकहरुले ओपनहाइमरलाई ओस्कार अर्वाडको एकमात्र भागिदार भनेका छन् । चलचित्र ओस्कारको मनोनयनमा परिसकेको छ । अवार्ड जित्छ वा जित्दैन, त्यो भने आगामी मार्च ११ गते ओस्कारको ग्राण्ड फेस्टिबलमा थाहा हुनेछ । 

स्मरण रहोस्, ओपनहाइमर सन् २०२३ मा सर्वाधिक कमाइ गर्ने चलचित्र हो । क्रिस्टोफर नोलनले निर्देशन गरेको चलचित्रमा आणविक हतिहारका जन्मदाता मानिने जे रोवर्ट ओपनहाइमरको कथा प्रस्तुत गरिएको छ । यस चलचित्रलाई काइ वर्डले लेखेका हु्न् । 

रमाइलो कुरा के छ भने, लेखक वर्ड अहिले नेपालमै छन् । पोखरामा जारी सुर्य गाथा साहित्य महोत्सवमा भाग लिन उनी साताअघि नेपाल आएका हुन् । उनले गत शनिबार पुस्तकदेखि चलचित्रसम्म विषयमा बोलेका थिए । 

वर्डले नेपालप्रति आफ्नो असिम लगाव भएको बताएका छन् । केही दिन हिमाली जिल्ला घुमेर उनी लण्डन फर्किने छन् ।
 

टिप्पणीहरू