‘बैंक तथा वित्तिय संस्थाका सेवासुविधा अपांगमैत्री बनाइयोस्’

‘बैंक तथा वित्तिय संस्थाका सेवासुविधा अपांगमैत्री बनाइयोस्’
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सेवासुविधा अपांगमैत्री बनाउन निर्देशन दिएको छ ।  बैंकले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउनुपर्ने बारे जानकारी गराएको छ ।

यसका लागि विशेष काउण्टर तोकेर सेवा दिन समेत राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । राष्ट्र बैंकले स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउञ्जमध्ये एउटा एटीएम अपांगमैत्री बनाउन निर्देशन दिएको छ । 

त्यस्तै, अपांगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तिय सेवाहरु व्यक्ति स्वयम् उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरेर मात्र उपलब्ध गराउन पनि भनिएको छ ।
 

टिप्पणीहरू