गोदावरीमा अर्थतन्त्र सुधारिएको दावी

गोदावरीमा अर्थतन्त्र सुधारिएको दावी
सुन्नुहोस्

अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो प्रयास र कारणबाट मुलुकको अर्थतन्त्र सुध्रिँदै गएको दावी  गर्नुभएको छ ।

ललितपुरको गोदावारीमा जारी काँग्रेस महासमिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उहाँले बिग्रँदै गएको अर्थतन्त्र आफूले जिम्मेवारी सम्हालेपछि सुध्रिएको उल्लेख गर्नुभएको हो ।

’मैले दलको तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी प्राप्त गर्दा नेपालको अर्थतन्त्र चुनौतीपुर्ण अवस्थामा थियो’, उहाँले भन्नुभयो, ’अहिले अर्थतन्त्रको अधिकांश परिसूचकमा सुधार आएको छ, वित्तीय प्रणालीमा लगानीयोग्य रकम उल्लेखनीय रुपमा छ ।’ 

अर्थमन्त्री महतले भ्युटावर र अनावश्यक भवन निर्माणमा ठूलो रकमको बजेट विनियोजन गर्नुपरेको जानकारी दिनुभएको छ । आयोजनाको प्राथमिकता कमजोर हुँदा अनुत्पादक खर्च बढेको मन्त्रीको ठम्याई छ । उहाँले थप्नुभयो, ’भ्युटावर र अनावश्यक भवन जस्ता अनुत्पादक खर्च दायित्व बढ्दा ३३० अर्ब रुपैयाँको बजेट विनियोजन गर्नुपरेको अवस्था छ । आगामी दिनमा भुक्तानी दायित्व अझ बढ्ने देखिएको छ ।’ 

अर्थतन्त्रलाई गतिशिल बनाउन एक सय रुपैयाँमा कम्पनी खोल्न सकिने सरल व्यवस्था ल्याएको पनि पार्टीलाई जानकारी गराउनुभएको छ ।

टिप्पणीहरू