फिल्म रिलिजअघि निर्माताहरुको टसल

फिल्म रिलिजअघि निर्माताहरुको टसल
सुन्नुहोस्

नेपालमा नयाँ चलचित्रहरु रिलिज गर्दा निर्माण टिमको जुधाई हुने गरेको छ । कहिलेकाही महिनौँसम्म पनि हलहरुले नेपाली चलचित्र पाउँदैनन् । हल सञ्चालकहरुलाई विदेशी चलचित्र लगाउनुपर्ने बाध्यता हुन्छ । तर, कहिलेकाँही भने चलचित्रका निर्माण टिमहरु भनेकै मितिमा रिलिज गर्न मरिहत्ते गर्छन् । 

आपसी समझ्दारीमा चलचित्रको मिति तय गर्दा हल सञ्चालकहरुलाई पनि फाइदा, दर्शकलाई पनि फाइदा र निर्माताहरुलाई पनि फाइदै हुन्छ । तर लोभले लाभ, लाभले विलाप भनेझैँ नेपाली निर्माताहरु धेरै कमाउने लोभमा टाट पल्टिएका उदाहरण धेरै छन् । 

खैर, यो (फागुन) महिना यस्तै छ । यो महिनामा जुधेरै भए पनि पाँच वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । आगामी शुक्रबार मिलन चाम्सको ‘गोर्खा वारियर’ रिलिज हुँदैछ । चलचित्रले मलायको जंगलमा गोर्खालीहरुले देखाएको वीरताको कथा प्रस्तुत गरेको बताइन्छ ।

 

यो चलचित्र रिलिज भएको एक सातापछि अर्थात फागुन १८ गते ‘अगस्त्य च्याप्टर १’ रिलिज हुँदैछ । यद्यपि, यसको टिजर र ट्रेलरको बजार हल्ला राम्रै गरेको पाइन्छ । चलचित्रमा चर्चित कलाकारहरु सौगात मल्ल, नाजिर हुसेन र मलिका महत भएर पनि होला, युवापुस्तामा यस चलचित्रको क्रेज गतिलै छ । 

फेरि यसको एक सातापछि अर्थात् फागुन २५ गते त झन् तीन वटा चलचित्र जुध्दैछन् । ’काँडेतार’, ’रंगेली’ र ’उपहार’ एकैसाथ रिलिज हुँदैछन् । नवल खड्काको ’काँडेतार’मा देशभक्तिको कथा प्रस्तुत गरिएको छ ।

 

रेखा थापाको ’उपहार’मा सामाजिक कथा प्रस्तुत गरिएको छ भने ’रंगेली’मा अपराधको कथा प्रस्तुत गरिएको छ । फरक–फरक जनरामा बनेका यी चलचित्रमध्ये, कसले दर्शकलाई प्रभाव पार्छ, त्यो भने फागुन २५ गते नै थाहा हुनेछ ।

टिप्पणीहरू