माछापुच्छ्रे बैंकमा भिडियो केवाईसी, खाता खोल्न बैंक जानै नपर्ने

माछापुच्छ्रे बैंकमा भिडियो केवाईसी, खाता खोल्न बैंक जानै नपर्ने

माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । उक्त सेवाको सुरुवातसँगै ग्राहकले अनलाइनमार्फत् खाता खोलेर भिडियो केवाईसीमार्फत् आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने बैंकले बताएको छ । 

योसँगै अब खाता खोल्न बैंकमा आउनुपर्ने झन्झटको पनि अन्त्य भएको बताइएको छ । यो सेवाबाट देशभित्र वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाट बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत् आफ्नो खाता एक्टिभेट गर्न सक्ने जनाइएको छ ।  

त्यस्तै, नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्ने कार्य पनि अनलाइन भिडियोमार्फत् गर्न सकिने छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा उपलब्ध गराइरहेको छ । यसबाट भिडियो केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नुपर्ने झन्झट हटेको हो ।

टिप्पणीहरू