थाल चम्चा बजाउँदै राष्ट्र बैंक घेर्न निस्किए लघुवित्त पीडित

थाल चम्चा बजाउँदै राष्ट्र बैंक घेर्न निस्किए लघुवित्त पीडित

देशका विभिन्न स्थानबाट पैदलयात्रा गरी काठमाडौं आइपुगेका मीटरब्याज पीडितहरुले आज पनि विरोध प्रदर्शन जारी राखेका छन् । 

लघुवित्त तथा वित्तीय शोषणविरुद्दको संघर्ष समिति'को अगुवाइमा पिडितहरुले आज विरोध र्यालीसहित राष्ट्र बैंक घेराऊ गर्न लागेका हुन् । मध्याह्न सिफल चौरबाट थाल, चम्चासहित निस्किएको र्यालीका सहभागीहरुले बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ । 

सिफल चौरबाट निस्किएको र्याली जय बागेश्वरी, चावहिल, गणेश मन्दिर, पहेँलो पुल, हाँडीगाउँ, भाटभटेनी पिपल बोट हुँदै बालुवाटार पुग्नेछ । र्यालीका क्रममा पीडितहरुले 'बाँचौ, बचाउँ र अघि बढौँ', 'आमगरिब किसानलाई नि:शुल्क ऋण प्रदान गर', 'कालोसूची तथा धितो लिलाम फुकुवा गर', 'समाजवादी अर्थतन्त्रको विकास गर', 'जनपक्षीय मौद्रिक नीति कायम गर' जस्ता नाराबाजी गरेका छन् ।

मुग्लिनदेखि पैदल हिँडेर फागुन ६ गते काठमाडौँ आइपुगेका पीडितहरु केही दिनदेखि सिफल चौरमा बसिरहेका छन् ।
 

टिप्पणीहरू