यात्रुवाहक बस दुर्घटना, ३० जना घाइते

यात्रुवाहक बस दुर्घटना, ३० जना घाइते

मकवानपुर र बाराको सीमाना तीन नम्बर पुल बजारस्थित यात्रुवाहक बस पुलबाट खोलामा खसेको छ । दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । 

बाराका डिएसपी दधिराम न्यौपानेका अनुसार घाइतेमध्ये १८ जनालाई उपचारको निम्ति मकवानपुर लगिएको छ । 

त्यस्तै, पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भिर रहेको उनले जनाएका छन् । बस पुलबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू