जिबी राई सिंगापुरमा समातिन बाँकी

जिबी राई सिंगापुरमा समातिन बाँकी
सुन्नुहोस्

रवि लामिछाने गृहमा  आउनासाथ ग्यालेक्सी फोर–के टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सिंगापुरमा समातिएको हल्ला चलाइएको छ  । मलेसियामा बस्दै आएका उनी सिंगापुर पुगेको बेला उतै पक्राउ परेको भनिएको छ ।

राई पक्राउ परेकोबारे औपचारिक रुपमा कसैले बताएका छैनन् । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले जनआस्थासँगको कुराकानीमा राई पक्राउबारे भन्छन्-"बिहानदेखि यसवारे धेरै चर्चा चलेको छ तर हामीलाई  औपचारिक अनौपचारिक कुनै जानकारी छैन ।"

उनी पोखराको सूर्यदर्शन लगायत चितवन र काठमाडौंका सहकारीबाट अर्बौं रुपैयाँ अपचलन गरेर भागेका थिए । सहकारीको पैसा लगेर खोलिएको टेलिभिजन अहिले बन्द छ । 

ग्यालेक्सी टेलिभिजन खोल्दा अध्यक्ष जीबी राई थिए भने प्रबन्ध निर्देशक हालका गृहमन्त्री रवि लामिछाने ।

टिप्पणीहरू