एनआईसी एसिया र मोरङ क्रिकेट एसोसिएसनको सहकार्यमा राष्ट्रिय टि–२० च्याम्पियनसिप

एनआईसी एसिया र मोरङ क्रिकेट एसोसिएसनको सहकार्यमा राष्ट्रिय टि–२० च्याम्पियनसिप

एनआईसी एसिया बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनले राष्ट्रिय टि–२० च्याम्पियनसिप आयोजना गरेको छ । बैंक र एसोसिएसनको सहकार्यमा गत मंगलबारदेखि विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा राष्ट्रिय टि–२० च्याम्पियनसिपका खेलहरु भइरहेको छ । 

नेपाली खेल क्षेत्रमा क्रिकेटले पुर्याएको महत्वलाई थप उजागर गर्न प्रतियोगिता सञ्चालन गरिएको बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख सरोज भट्टराईले बताए । 

बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको र सहकार्य गरेर यस्ता प्रतियोगिता सञ्चालन गरिँदा खेल जीवनको मात्र प्रवर्द्धन नभई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न इच्छुक युवा क्रिकेटरलाई अवसर प्रदान हुने जनाएको छ । 

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित स्थापित एनआइसी एसियालाई खेल क्षेत्रसँगको हातेमालोले निकै ठोस योगदान दिनेछ भन्ने बैंकको विश्वास छ ।

बैंकसँगको सहकार्यमा ‘प्लेयर अफ द म्याच’ को रकम क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको मोरङ जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष एमडी साद कुरेशीले बताए । च्याम्पियनसिप आगामी चैत ३ गतेसम्म हुने जनाइएको छ ।

टिप्पणीहरू