पहिले किनेको सुन अहिले हिरा समान

पहिले किनेको सुन अहिले हिरा समान
सुन्नुहोस्

पछिल्लो एक साता नेपाली बजारमा सुनको भाउ प्रतितोला सात हजार रुपैयाँले बढेको छ । अघिल्लो सप्ताहन्तमा प्रतितोला एक लाख १९ हजार रुपैयाँ कायम रहेको सुनको मूल्य अस्ति शुक्रबार एक लाख २५ हजारमा अडिएको थियो । आज प्रतितोला एक हजार रुपैयाँ बढेर एक लाख २६ हजार पुगेको छ ।

गत आइतबार प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पुनः बढेर एक लाख २३ हजार,बुधबार एक लाख २३ हजार पाँच सय, बिहीबार र शुक्रबार एक लाख २५ हजार रुपैयाँ पुगेको हो । आजको भाउ  हालसम्मकै उच्च हो ।   

विवाहको सिजन भएकाले भाउ बढेको सुन व्यवसायीहरुको तर्क छ । विगतका वर्ष यो सिजनमा दैनिक ४० देखि ५० किलो सुन खपत हुने नेपाली बजार हाल दैनिक १५ देखि २० किलोमा सीमित छ ।

टिप्पणीहरू