ताप्लेजुङमा आगो लागेर तनाव

ताप्लेजुङमा आगो लागेर तनाव

ताप्लेजुङमा घाँसको लागि लगाएको आगोले जंगल नै सखाप बनाएको छ । 

पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ अन्तर्गत खहरे खोलाको भित्तामा पर्ने भीरमा लगाएको आगो जंगलमा सल्किएको छ ।

आगलागीले हजारौँ साल र सल्लाका रुखहरुमा क्षति पुर्याएको बताइन्छ । सुरुमा केही स्थानीयले भीरमा राम्रो घाँस पलाओस् भन्दै आगो लगाएका थिए । तर फैलिदै जंगल पसेपछि आगोले भयावह रुप लिएको हो । 

अहिले आगो नियन्त्रणमा आइसकेको गाउँपालिकाका सूचना अधिकारी जीवन पौडेलले जानकारी दिए । उनले जनआस्थासँग भने, 'शुरुमा त्यहाँ स्थानीयले घाँसको लागि आगो लगाएका रहेछन् । त्यही आगो जंगलमा सल्किएको रहेछ । राती नियन्त्रणमा ल्याइसक्यौँ ।'
 

टिप्पणीहरू