जीप दुर्घटनामा मृतकको संख्या सात पुग्यो, क्षमताभन्दा दोब्बर यात्रु प्रमुख कारण

जीप दुर्घटनामा मृतकको संख्या सात पुग्यो, क्षमताभन्दा दोब्बर यात्रु प्रमुख कारण
सुन्नुहोस्

उदयपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेको जीप दुर्घटनामा तीन पुरुष, तीन महिला र एक बच्चाको निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार को.१ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटनामा परेको हो । घाइतेलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

जीपमा १४ जना सवार रहेको र ओरालोमा दुर्घटनाग्रस्त भएको बताइन्छ । सडकबाट झण्डै तीन सय मीटर तल खसेको जीपका चालक मानबहादुर बस्नेतको पनि निधन भएको बताइएको छ । प्रहरीका अनुसार मृतक अन्यको सनाखत भएको छैन ।
 

टिप्पणीहरू