चितवनको वनमा पुरुषले लगाए पासो

चितवनको वनमा पुरुषले लगाए पासो

चितवनको सामुदायिक वनमा एक जनाको शव फेला परेको छ । जलदेवी सामुदायिक वनमा काँडेको रुखमा अन्दाजी २७ वर्षे पुरुष झुण्डिएको बताइन्छ ।

घाँटीमा पहेँलो र रातो रंगको रामनाम लेखिएको गम्छाको पासो लगाएका व्यक्तिको सनाखत हुन सकेको छैन । मध्यान्ह १२ बजेको समयमा फेला परेको शव र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू