काँग्रेसद्वारा सरकारलाई चेतावनी

काँग्रेसद्वारा सरकारलाई चेतावनी
सुन्नुहोस्

नेपाली काँग्रेसले सरकारलाई संसदीय मूल्य मान्यता कायम राख्न र अलोकतान्त्रिक कार्य नगर्न चेतावनीपूर्ण भाषामा सुझाव दिएको छ । चालु हिउँदे अधिवेशन अकस्मात अन्त्य गरिएकोमा काँग्रेसले उक्त चेतावनी दिएको हो । 

आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्य सचेतक रमेश लेखकले संसद अधिवेशन अन्त्य सरकारको तानाशाही प्रवृत्ति भएको बताए । 

सरकारको उक्त निर्णयको काँग्रेसले घोर भत्र्सना र निन्दा गरेको जनाउँदै लेखकले अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताविरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी दिएका छन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमा काँग्रेसले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

टिप्पणीहरू