सूर्यबहादुरलाई सम्झंदै कांग्रेस नेताद्वारा मुलुकप्रति चिन्ता व्यक्त

सूर्यबहादुरलाई सम्झंदै कांग्रेस नेताद्वारा मुलुकप्रति चिन्ता व्यक्त

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त रहेकाले आम नागरिकमा असन्तुष्टि चर्किएको बताएका छन् । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति जटिल रहेको उल्लेख गर्दै उनले त्यसबाट उत्पन्न चुनौतिपूर्ण अवस्थाले सबैतिर असन्तुष्टि बढाएको बताए । राजनीतिक नेतृत्वले ब्याप्त निराशालाई चिरेर निकास दिन नसके मुलुक बिद्रोहतिर जाने नेता केसीको भनाई छ ।    

'सूर्यबहादुर थापा प्रतिष्ठान'ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले भने, अहिले राष्ट्रिय परिस्थिति नाजुक छ । आम जनतामा निराशा छ । असन्तोष छ । यथास्थितिवाद छ । यथास्थिति भन्नाले अहिलेको अवस्थाको बिरोधमा छ । वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र छ । लुटतन्त्रबाट देश वास्तवमै असन्तोष छ । त्यसैले जहाँ जहिले पनि निराशा र असन्तोष छ । असन्तोषबाट अराजकता, अराजकताबाट बिद्रोहतिर उन्मुख छ । 

नेता केसीले परराष्ट्र नीतिलाई राष्ट्रिय सहमतिको साझा दस्ताबेज बनाउनुपर्ने आवश्यकतामाथि पनि जोड दिएका छन् । त्यसक्रममा उनले सरकारको भूमिका र कार्यशैलीको पनि आलोचना गरेका थिए ।

पूर्वप्रधानमन्त्री तथा पंचायतका नेता सूर्य बहादुर थापाको नवौं स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमशेर राणा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, नेता मिनेन्द्र रिजाल, जसपाका नेता प्रदीप यादवलगायतको उपस्थिति थियो ।
 

टिप्पणीहरू