काँग्रेसले मनलाग्दी बोलेको केपी ओलीको आरोप

सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले संसद चल्न नदिएका कारण चालू अधिवेशन अन्त्य गर्नुपरेको बताउनुभएको छ । 

आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दुई अधिवेशनका बीचमा कम्तिमा १५ दिनको समय राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप चालू अविधेशनको अन्त्य गर्नुपरेको उल्लेख गर्नुभयो । संसदीय मूल्य मान्यता र बिधिअन्तर्गत रहेर समस्याको समधान गर्न सकिनेमा जोड दिँदै ओलीले काँग्रेसलाई उत्तेजनाको राजनीति नगर्न आग्रह पनि गर्नुभयो । 

अधिवेशन अन्त्यको सन्दर्भमा काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको उहाँको आरोप छ ।  

'काँग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ क्या । यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ । त्यसको नम्स्, भ्यालुज कसरी अगाडि बढ्ने भन्ने कुरा । सीमा हुन्छ मर्यादाको कसरी चल्ने, चलाउने भन्ने कुरा । हाम्रा पुराना यति अनुभव लिएर चल्नु परेन ? उहाँहरु तर्कमा आउनुहुन्न । ढिपी, जिद्दीमा जानुहुन्छ । त्यो तरिका उहाँहरुले सच्याउनुपर्छ मैले देखेको । यसमा आवेश, उत्तेजनाको काम छैन । जनतालाई त्यति साह्रो परेको छैन । जति काँग्रेसलाई परेको छ । काँग्रेसको साह्रो गाह्रोले गर्दा यस्तो भइराखेको हो । संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्छ’, ओलीले भन्नुभयो ।

टिप्पणीहरू