भारतीय दलित नेतालाई सम्झँदै डा.बाबुराम भट्टराई

भारतीय दलित नेतालाई सम्झँदै डा.बाबुराम भट्टराई

काठमाडौँमा भारतीय दलित आन्दोलनका अगुवा डा. भीमराव अम्बेडकरको जन्मजयन्ती मनाइएको छ । 

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आज विशेष कार्यक्रम आयोजना गरी नेपाल–भारत मैत्रीपूर्ण दलित संगठनले आम्बेडकरको १३३ औँ जन्मजयन्ती मनाइएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) को एउटा समूहको अध्यक्ष रहनुभएका डा. बाबुराम भट्टराईको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष ओमप्रकाश विश्वकर्मा, अधिवक्ता तिलक चन्द विश्वकर्मालगायत दुवै देशका दलित अगुवाहरुको बाक्लो उपस्थिति छ ।

टिप्पणीहरू