आगो निभाउन गएको दमकल जलेर खरानी

आगो निभाउन गएको दमकल जलेर खरानी
सुन्नुहोस्

रूपन्देहीमा आगो निभाउन गएको दमकल जलेको छ । तिलोत्तमा नगरपालिका–८, गणेशनगरस्थित जंगलमा आज दिउँसो लागेको आगो नियन्त्रणका लागि लगिएको दमकलमै आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आगो नियन्त्रणका लागि नगरपालिकाद्वारा सञ्चालित लु.१ ग ३४९ नम्बरको दमकल प्रयोग गरिएको थियो । आगलागी नियन्त्रणमा आइसकेको छ भने दमकलको इञ्जिन जलेको बताइएको छ । 

आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू