न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन खुल्यो

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन खुल्यो
सुन्नुहोस्

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज समितिको रिक्त अध्यक्ष पदमा आवेदन मागेको हो । 

३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उत्तीर्ण गरेका, प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेका वा आमसञ्चारसम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेका, पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिनसक्ने छन् ।

मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर उल्लेखित योग्यता पुगेका इच्छुकलाई सात दिनभित्र दरखास्त दिन भनेको छ । 

दरखास्तका साथ नागरिकताको प्रतिलिपि, योग्यता खुल्ने व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि, पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना, विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वःघोषणा र पदसँग सम्बन्धित अन्य कागजात भए सोको प्रतिलिपि पनि पेश गर्नुपर्ने जनाइएको छ । 

यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइट वा संस्थान समन्वय शाखाबाट प्राप्त गर्न सकिनेछ ।

टिप्पणीहरू