आलोचकलाई रुकुम आउन निम्तो दिँदै ज्योति मगरले भनिन् - ढाड भाँचिए उपचार खर्च मै ब्यहोर्छु !

आलोचकलाई रुकुम आउन निम्तो दिँदै ज्योति मगरले भनिन् - ढाड भाँचिए उपचार खर्च मै ब्यहोर्छु !

गायिका ज्योति मगरले गत शनिबार जुम्लामा नमिठो परिस्थितिको सामना गर्नुपर्यो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मदिरा सेवन गरेका केही युवकहरुले उनीमाथि ढुंगो र माटो प्रहार गरे । 

यद्यपि, ज्योतीलाई भने केही भएन । यो घटनाबारे उनले अस्ति नै सामाजिक सञ्जालमार्फत स्पष्ट पारिसकेकी छन् । तर, आफूमाथि ढुंगा र माटो प्रहार भएको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि ज्योतिले थप 'काउन्टर' दिएकी छन् । 

समाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा 'कार्यक्रमबाट ज्योतीलाई लखेटिएको' आशय अभिव्यक्त भएको देखिन्छ । ज्योतिले आफू अहिले रुकुमको त्रिवेणी गाउँपालिकामा रहेको जानकारी दिदै आलोचकहरुलाई 'घृणा' गर्न व्यंगात्मक चुनौती दिएकी हुन् । 

आफूलाई कार्यक्रमबाट लखेटिएको भन्ने कुरा भ्रम रहेको दावी गदै उनले साँचै लखेट्न मन भए रुकुम आउन निमन्त्रणा दिएकी छन्  । 

'अहिले रुकुमको त्रिवेणी गाउँपालिका सिम्रुतुमा छु । ज्योति मगरले स्टेजमा आगो लाउनलाई शनिबार र बिदा कुर्नु पर्दैन', उनले भनेकी छन्, 'तिमी झ्याक्नेहरु आरिस गरेर मर्दै गर, मलाइ सराप्दै गर, गाली गर्दै गर, म चैं मेरो प्यारा दर्शक-स्रोतासँग चील मार्दै छु ।'

गायिका ज्योतिले कटाक्ष गर्दै आफूलाई लखेट्न आउनेहरुको डाढ भाँचिएमा उपचार खर्चसमेत आफैँ व्यहोर्ने बताएकी छन् । थप भनेकी छन्, 'लखेट्नु मन छ भने आए हुन्छ, पुलिसले ढाड सेकेमा उपचार खर्च मेरोतर्फबाट ।'
 

टिप्पणीहरू