जिबी राईले गरेको फोहोर म सफा गर्दिन - गृहमन्त्री लामिछाने

जिबी राईले गरेको फोहोर म सफा गर्दिन - गृहमन्त्री लामिछाने
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू गोर्खा मिडियामा कार्यरत रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋणका लागि कुनै निवेदन नदिएको र आफ्नो बैंक खातामा पैसा नआएको उल्लेख गर्दै सहकारी ठगीमा संलग्नता नरहेको बताएका हुन् ।  

उनले जिबी राईले गरेको फोहोर आफूले सफा नगर्ने पनि बताए । 'मेरो संलग्नता रहेको भए अहिले प्रहरी नियन्त्रणमा रहेका सहकारीका सञ्चालक, अधिकृत, कर्मचारीहरुले बयान गर्थे होला नि ! म ति सहकारीको सञ्चालक, न कर्मचारी', गृहमन्त्री लामिछानेले भने,  'जिबी राईले गरेको सारा फोहोर म सफा गर्दिन सभामुख महोदय ।' 

त्यस्तै, उनले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको र भोलिपल्टबाटै सदन अवरोध गर्न सुरु गरेको पनि दाबी गरे । लामिछानेले कांग्रेसलाई प्रश्न गरे, 'म गृहमन्त्री बन्न नैतिकरुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने ? मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला ।'

टिप्पणीहरू