ट्याङ्कर चालकहरुले फाले गाडीको साँचो

ट्याङ्कर चालकहरुले फाले गाडीको साँचो

ट्याङ्कर चालकहरुले आन्दोलन गर्न लागेका छन् । लामो समयदेखि ट्याङ्कर मजदुरहरुले उठाउँदै आएको माग कुनै पनि निकायले सम्बोधन नगरेको जनाउँदै उनीहरुले आन्दोलन अघि बढाएका हुन् । 

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको नेतृत्वमा आज सबै ट्याङ्कर चालकहरुले गाडीको साँचो सम्बन्धित सवारीधनीलाई बुझाएका छन् । हिजो र अस्ति हातमा कालोपट्टी र गाडीमा कालो झण्डा राखेर विरोध जनाएका उनीहरुले आज गाडीको साँचो नै फालेका हुन् ।

उनीहरुले सम्पूर्ण चालक, सहचालक मजदुरहरुलाई श्रम ऐनअनुसार नियुक्तिपत्र दिई सरकारले तोकेबमोजिमको तलबको व्यवस्था गरिनुपर्ने माग राखेका छन् । 

त्यस्तै, बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने, ट्याङ्कर मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने, जोखिम भत्ता दिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गर्नैपर्ने माग अघि सारेका छन् ।

टिप्पणीहरू