नख्खू जेलको पर्खालबाट हाम्फाल्दा हाम्फाल्दै पक्राउ

नख्खू जेलको पर्खालबाट हाम्फाल्दा हाम्फाल्दै पक्राउ

गत बुधवार नक्खु कारागारबाट भाग्न खोज्ने दुई जना कैदी पक्राउ परेका छन् । बैंकिङ कसूर र चोरी मुद्दामा सजायँ भुक्तान गरिरहेका उनीहरुलाई कम्पाउण्ड नाघेर भाग्दाभाग्दै प्रहरीले समातेको हो । 

कारागारको डिआरसी ब्लकमा रहेका उनीहरु केही महिनादेखि कारागारभित्रै सन्चालित विपस्यना सेन्टरमा दश दिने साधनाका लागि राखिएका थिए । गत सातादेखि शुरु भएको शिविरमा साधना गर्न गएका उनीहरु बुधबार राति ३ बजे भाग्न खोज्दा पक्राउ परेको जेल प्रशासनले जनाएको छ । 

बैंकिङ्ग कसुरमा दश वर्ष कैद भुक्तान गरिरहेका बाग्लुङका दीर्घबहादुर कार्की र चोरीको अभियोगमा सजायँ काटिरहेका काठमाडौँका सुबोध श्रेष्ठ त्यसरी भाग्न खोजेका हुन् । कार्की ५० लाख बिगो बुझाउन नसकेपछि सजायँ भुक्तान गरिरहेका छन् भने श्रेष्ठ तीन वर्ष कैदअन्तर्गत जेलमा छन् ।

जेलर मित्रलाल शर्माले यस घटनाबाट पाठ सिकेर विपस्यना सेन्टरको पर्खाल अग्लो बनाउने बताएका छन् । दुवै कैदीलाई अहिले डिल्ली बजार कारागार स्थानान्तरण गरिएको छ । 

विपस्यना सेन्टरको कम्पाउण्डबाट हाम फाल्ने क्रममा एकजना घाइते भएको र उनको खुट्टामा ठूलै चोट लागेको बताइएको छ । कम्पाउण्डबाट बाहिर पुगेका उनीहरुलाई त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले देखेर उत्निखेरै च्याप्प समातेका थिए ।  

जेलर मित्रलाल शर्माले यस घटनाबाट पाठ सिकेर विपस्यना सेन्टरको पर्खाल अग्लो बनाउने बताएका छन् । दुवै कैदीलाई अहिले डिल्ली बजार कारागार स्थानान्तरण गरिएको छ । 

कैदीबन्दीहरु जेलबाट भाग्ने गरेको यस्तो घटना नयाँ होइन । करिब डेढ वर्षअघि नक्खु जेलबाटै एकजना कैदी भागेर चापागाउँ पुगेकोमा त्यहाँबाट समातेर फिर्ता ल्याइएको थियो । 

यसैगरी गत वैशाखमा केन्द्रीय कारागार,जगन्नाथ देवलमा एकजना तामाङ थरका कैदीले कैद भुक्तान गरिसकेका अर्को कैदीसँगको मिलेमतोमा उनको परिचयमा फूलमाला लगाएर निस्किएका थिए । प्रहरी,अदालत र जेल प्रशासन सबैलाई झुक्याएर भागेका उनी अन्तत: पक्राउ परेका थिए ।

टिप्पणीहरू