प्रधानमन्त्रीसँग साढे दुई घण्टासम्म क-कसल भेटे ?

प्रधानमन्त्रीसँग साढे दुई घण्टासम्म क-कसल भेटे ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो दिउँसो दुई घण्टा विभिन्न छलफलमा व्यस्त हुनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो २ बजेदेखि साढे ४ बजेसम्मको भेटघाटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, प्रधानसेनापति प्रभुराम शर्मा र महान्यायाधिवक्ता दिनमणि पोखरेल छुट्टाछुट्टै पुगेका थिए ।

पौने ४ बजेदेखि साढे ४ बजेसम्म प्रधानमन्त्रीसँग गृहमन्त्री लामिछानेले भेटवार्ता गरेका थिए । त्यसअघि ३ बजेदेखि झण्डै साढे ३ बजेसम्म प्रधानसेनापति प्रभुराम शर्माको भेटघाट भयो । 

दिउँसो ४ बजेदेखि साढे ४ बजेसम्म महान्यायाधिवक्ता पोखरेलले पालो पाए । पोखरेलसँगको भेटमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ पनि सँगै रहेको बुझिएको छ ।

टिप्पणीहरू