स्वास्थ्यमा स्थायी कर्मचारी मात्रै राखिँदै

स्वास्थ्यमा स्थायी कर्मचारी मात्रै राखिँदै

स्वास्थ्य सेवा विभागले करार र ज्यालादारीका कर्मचारीलाई हटाउने भएको छ । विभागले आगामी साउन १ गतेदेखि करार र ज्यालादारीका कर्मचारीहरुको सेवालाई निरन्तरता दिन नसकिने जनाएको छ । 

कानूनबमोजिम करार कर्मचारी नियुक्तिको  सहमतिका लागि फाइल अघि बढेपनि सहमति नआएसम्म उनीहरुलाई राख्न नसकिने विभागको भनाई छ । 

विभागद्वारा जारी सूचनामा उल्लेख छ, ‘यस विभागमा हाल करार÷ज्यालादारीमा कार्यरत कर्मचारीहरुको निरन्तरताको लागि आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत बजेटमा अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिई प्रचलित कानूनबमोजिम करार नियुक्त गर्ने भनी लेखी आए अनुसार नै सहमतिका लागि फाइल उठान भइसकेको छ । अतः अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई नआएसम्म मिति २०८१/०४/०१ गतेदेखि करार/ज्यालादारीअन्तर्गत सबैखाले कर्मचारीहरुको सेवालाई निरन्तरता दिन नसकिने व्यहोरा मिति २०८१/०३/१९ गतेको निर्णयानुसार अनुरोध छ ।’

टिप्पणीहरू